विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताएका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको पाँचौँ सभाको आज उद्‌घाटन गर्दै उनले शैक्षिक र उत्पादनमूलक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानुपर्ने विचार राखे । 

मुख्यमन्त्री कार्कीले विश्वविद्यालयको स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमलाई प्रदेश सरकारअन्तर्गतको धनकुटा अस्पतालमा केन्द्रित  गर्न आग्रह गरे। उनले आगामी दिनमा विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा राखी थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केही समयपछि ‘कोशी मोबाइल अस्पताल’ तराईका तीन जिल्ला सञ्चालन गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा विस्तार गर्दै जाने जानकारी गराए। उनले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्दै नेपाली झण्डा ओढेर सरकारी, निजी सम्पत्ति नष्ट गर्ने कार्य गलत भएको विचार राखे।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रबाट तराईमा बसोबास सर्ने कार्यको नियन्त्रणका लागि सरकारले स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिने बताए।

विश्वविद्यालयका उपकुलपति डा. सुषाश्री पोखरेलले विश्वविद्यालयले विभिन्न आयुर्वेदिक औषधि उत्पादनका लागि अनुसन्धान सुरु गरेको जानकारी गराए। 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ६ : ३७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले