तिहारमा कस्तो रहला मौसम ? « Khabarhub

तिहारमा कस्तो रहला मौसम ?


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव नपर्ने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तिहारका विभिन्न दिनमा विशेषगरी देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली देखिने सम्भावना छ। त्यस्तै, कतिपय स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिनअनुसार

कार्तिक ३ गते (लक्ष्मी पूजा)
लक्ष्मी पूजाको दिन देशका अधिकांश ठाउँमा मौसम सफा रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीसँगै केही स्थानमा फाटफुट वर्षा हुन सक्छ।

कार्तिक ४ गते
यो दिन पनि पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना यथावत् रहनेछ। अन्य भू–भागमा मौसम खुला रहने अपेक्षा गरिएको छ।

कार्तिक ५ गते (गोवर्धन पूजा)
गोवर्धन पूजाको दिन देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान छ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बाँकी स्थानहरूमा मौसम सामान्य रूपमा सफा रहनेछ।

कार्तिक ६ गते (भाइटीका)
भाइटीकाको दिन पनि पश्चिमी वायुको हल्का प्रभाव रहने भएकाले कोशी र मधेश प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले तिहार अवधिभर नागरिकलाई मौसमी परिवर्तनबारे सचेत रहँदै अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : १८ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको