ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ? « Khabarhub

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार सम्पादकहरूसँग संवादमा आएका छन् ।

उनले काठमाडौंको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा सम्पादकहरूसँग संवाद गरेका हुन् ।

उनले भदौ २४ गते भएको देशव्यापी विध्वंशमा केही सञ्चारमाध्यम र सम्पादकहरूको पनि हात रहेको बताएका छन् । उनले त्यस विध्वंशलाई लिएर सम्पादकहरूले पनि आत्मआलोचित गर्नुपर्ने बताए ।

‘अरूले आत्मआलोचना गरे, सम्पादकज्यूहरूले पनि आत्मआलोचना गर्नु भयो होला’, उनले भने, ‘जसले विध्वंशको जग निर्माणमा पहल गर्नुभएको थियो, उहाँहरूले आत्मआलोचना गर्नु भयो कि गर्नु भएन होला ?’

उनले आफूलाई दम्भ र अहंकार भएको व्यक्तिका रुपमा चित्रित गरिएकोमा चित्त दुखाए । ‘पक्कै पनि हेर त दम्भ, हेर त अहंकार भन्नु हुन्छ तपाईंहरू’, उनले भने, ‘यो मेरो अहंकार होइन, म सत्य बोल्छु ’

उनले भदौ २३ र २४ गतेको आन्दोलनमा युवा र विद्यार्थीहरूलाई प्रयोग गरिएको बताए । ‘जेन-जीहरू भ्रममा पारिए, धोकामा पारियो । जेजे भए पनि उनीहरू आन्दोलनमा उत्रिए’, उनले भने, ‘मैले आफैं पनि भ्रष्टाचार नियन्त्रण र सुशासनमा बल गरिरहेको थिएँ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ५९ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा