कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत | Khabarhub Khabarhub

कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४ वर्षीय दानबहादुर साउद रहेका छन् । 

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ । 

घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा रहेका छन् ।  

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–४ चमेलीपुरका ७४ वर्षीय हर्क साउदको मलामी बोकी लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीमा जाँदै गरेको सु प प्र ०१००२ त ४९९१ नं को ट्याक्टर लम्कीको धोबेनी खोला नजिक दुर्घटना भएको हो । 

घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ३६ बजे

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ