काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रुपमा बिते ।

नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीसँग युनिफर्म थिएन, जुत्ता पनि थिएनन् ।

सामान्य कपडामा चप्पल लगाएर समेत सवारी व्यवस्थापनमा उनीहरु खटिए । अहिले उनीहरू पहिलेकै अवस्थामा सेवा दिने भइसकेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई जरिवाना र कारवाही प्रक्रिया पनि सुरु भइसकेको छ । मापसे चेकिङ पनि ६०-७० ठाउँमा सुरु भइसकेको छ । बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ ।

चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ । ‘सरप्राइज चेकजाँच पनि हुन्छ ।

चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारवाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौं । नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ,’ उनले भने, ‘बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौँ ।’

उनले पार्किङको समस्यामा पनि ध्यान दिने बताए । ट्राफिक लाइटहरू पनि व्यवस्थित गरिरहेको जानकारी उनले दिए। स्पिड मापन गर्ने मेकानिज्म सुचारु राखेर कारबाही पनि भइरहेको उनले बताए ।

नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम अहिले चलेको छैन। यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेकाले अनलाइन सेवा सूचना जारी गरेर बन्द गरिएको छ ।

‘ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन । चेकिङ नियमित रुपमै भइरहेकै छ,’ अधिकारीले भने ।

नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदासयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुरा भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

‘मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौं । कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौं । आन्तरिक रुपमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौं । पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोसिस गरिरहेका छौं,’ उनले भने ।

जेन-जी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको छ ।

’कागजात केही रेकर्डेड छ नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौं यायातायत कार्यालयमा गएर बनाउन सकिन्छ,’ अधिकारीले भने ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ७ : ५५ बजे

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली– इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक

देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम !

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडेपछि

लागूऔषधसहित विभिन्न स्थानबाट एघार जना पक्राउ

काठमाडौं– हिजो शुक्रबार र आज देशका विभिन्न भागमा गस्तीमा रहेको

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा

गुल्मी– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका