चीन जाने तेक्वान्दो टोलीको बिदाइ « Khabarhub

चीन जाने तेक्वान्दो टोलीको बिदाइ


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ। विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ आइबार नेपाल तेक्वान्दो संघले गरेको हो।

नेपाली टोलीले चीनको उक्सीमा अक्टुबर २४ देखि ३० तारिखसम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४)मा सहभागीता जनाउँदै छ।

नोभेम्बर २ देखि ४ तारिखसम्म चीनको उक्सीमा सञ्चालन हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्योलेन्स (जी २)मा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो।

विश्व च्याम्पियनसिप र ग्रान्ड स्ल्याम च्यालेन्स प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई नेपाल तेक्वान्दो संघको सल्लाहाकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले तेक्वान्दो संघमा विदाई गरेका छन्।

प्रतियोगितामा पुरुष खेलाडीहरु क्रमश सुमित विष्ट (५८ केजी), आशिष भण्डारी (७४ केजी), अफ्ताब आलम (५४ केजी), सुगन श्रेष्ठ (६८ केजी), अरुण टमाटा (६३ केजी) र अभिषेक बराल (८० केजी) रहेका छन् भने महिला खेलाडीहरु क्रमश सन्तोषी राई (४६ केजी) र ईशा महतो (४९ केजी) लगायत प्रशिक्षक सयद हसन रेजालाई रहेका छन्।

प्रतियोगिताका लागि प्रशिक्षक तथा खेलाडीहरु कार्तिक ३ गते चीनतर्फ प्रस्थान हुने कार्यक्रम रहेको छ।

वर्ल्ड तेक्वान्दोको साधारण सभामा नेपाल तेक्वान्दो संघको तर्फबाट संघका अध्यक्ष दीपराज गुरुङ्ग, संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी सहभागीताका लागि कार्तिक ४ गते चीनतर्फ प्रस्थान रहने नेपाल तेक्वान्दो संघले जानकारी गराएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : ०३ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल