तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने | Khabarhub Khabarhub

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले रमाइलोको नाममा पटाका पड्काउनेलाई कारवाही गरिने बताए । 

खबरहबसँग कुरा गर्दै उनले भने, ‘महिनादिन अगाडी जेन–जी आन्दोलनमा प्रहरीको लुटिएको धेरै हातहतियार जमानत हुन सकेको छैन । नागरिकस्तरमा एक किसिमको डर छ । पटाका पड्किँदा पनि उनीहरूमा गहिरो असर पर्न सक्छ । त्यसकारण रमाइलोको लागि भनेर पटाका नपड्काउन अनुरोध गरिन्छ ।’
‘पटाकाको आवाजले मानिसलाई मात्रै नभएर घरपालुवादेखि सडक कुकुर र पन्क्षीहरुलाई निकै असर गर्छ । पृथ्वी मानिसको मात्रै होइन, हरेक पशुपन्क्षीले सौहार्दपूर्ण रहन पाउने अधिकार छ, उनले थपे, ‘चाडपर्व भनेको खुसी, प्रेम र स्नेह बाढ्ने हो । त्यसकारण अरुलाई डराउन र तेर्साउन नहुने मानिसको नैतिक जिम्मेवारी हो ।’

साथै, सामाजिक सञ्जालमार्फत कुकुर पाल्नेहरूले पटाका नपड्काउन अनुरोध गरेको कुरालाई मध्यनजर गर्न पनि घिमिरेले अपिल गरेका छन् । 

भन्छन्, ‘पटाकाको आवाजले कुकुर डराएर लुकेको तथा बिरामी भएको भन्दै केही सर्वसाधारणले सञ्जालमा भनिरहेका छन् । त्यस अपिललाई सामान्य नलिनु होला ।’

त्यसैगरी तिहारमा जुवातास र मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र सवारी नचलाउन पनि प्रवक्ताले सुझाव दिएका छन् ।

 ‘जुवातासको लतले मानिसको सर्वश्व सकिएको इतिहास छ । रमाइलोको नाममा जुवातास खेल्दा घरबारविहिनसम्म हुन पुगेको घटना छन् । त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी हाक्दा नसोचेको दुर्घटना हुन सक्छ । आफू पनि सुरक्षित रहि, अरुलाई पनि सुरक्षित राख्नुपर्छ, उनले भने । 

चाडपर्व लक्षित सुरक्षा नीति तयार भइसकेको घिमिरेको भनाइ छ । ‘बाँकी अझै ५६ सय कैदी पनि छिटै पक्राउ गरिन्छ । 

जेन–जी आन्दोलनको दोस्रो दिन ठूलो सङ्ख्यामा कैदीहरू कारागारबाट भागेका छन् । खुङ्खार कैदी जो कारागारमै रहनुपर्ने थियो, उनी थप भन्छन्, ‘तिनीहरु यतिबेला बाहिर छन् । हातहतियारहरू लुटिएका छन् । त्यसले गर्दा प्रशासनलाई थप चुनौती थपिएको छ ।’ 

‘सुरक्षा प्रत्याभूतिका लागि प्रहरीले ‘विशेष सुरक्षा रणनीति’ बनाएको छ । काठमाडौं उपत्यका लगायत सातै प्रदेशमा विशेष डेस्क खडा गरी टोली परिचालन गरिएको छ । तर प्रहरीले सबै जिल्लामा पत्राचार गरेको छ ।’

‘साथै, जिल्लाले तल्लो तहसम्म सूचना सम्प्रेषण गरिरहेको छ । नागरिक तहमा पनि शंकास्पद व्यक्तिको निगरानी गर्न आह्वान गरिएको छ । ह्वासएप ग्रुप बनाएर प्रहरीले काम गरिरहेको छ । अहिले नागरिक र प्रहरी दुवैले राती ड्युटी गरिरहेका छन्, घिमिरेले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १ : २० बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५