तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने « Khabarhub

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले रमाइलोको नाममा पटाका पड्काउनेलाई कारवाही गरिने बताए । 

खबरहबसँग कुरा गर्दै उनले भने, ‘महिनादिन अगाडी जेन–जी आन्दोलनमा प्रहरीको लुटिएको धेरै हातहतियार जमानत हुन सकेको छैन । नागरिकस्तरमा एक किसिमको डर छ । पटाका पड्किँदा पनि उनीहरूमा गहिरो असर पर्न सक्छ । त्यसकारण रमाइलोको लागि भनेर पटाका नपड्काउन अनुरोध गरिन्छ ।’
‘पटाकाको आवाजले मानिसलाई मात्रै नभएर घरपालुवादेखि सडक कुकुर र पन्क्षीहरुलाई निकै असर गर्छ । पृथ्वी मानिसको मात्रै होइन, हरेक पशुपन्क्षीले सौहार्दपूर्ण रहन पाउने अधिकार छ, उनले थपे, ‘चाडपर्व भनेको खुसी, प्रेम र स्नेह बाढ्ने हो । त्यसकारण अरुलाई डराउन र तेर्साउन नहुने मानिसको नैतिक जिम्मेवारी हो ।’

साथै, सामाजिक सञ्जालमार्फत कुकुर पाल्नेहरूले पटाका नपड्काउन अनुरोध गरेको कुरालाई मध्यनजर गर्न पनि घिमिरेले अपिल गरेका छन् । 

भन्छन्, ‘पटाकाको आवाजले कुकुर डराएर लुकेको तथा बिरामी भएको भन्दै केही सर्वसाधारणले सञ्जालमा भनिरहेका छन् । त्यस अपिललाई सामान्य नलिनु होला ।’

त्यसैगरी तिहारमा जुवातास र मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र सवारी नचलाउन पनि प्रवक्ताले सुझाव दिएका छन् ।

 ‘जुवातासको लतले मानिसको सर्वश्व सकिएको इतिहास छ । रमाइलोको नाममा जुवातास खेल्दा घरबारविहिनसम्म हुन पुगेको घटना छन् । त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी हाक्दा नसोचेको दुर्घटना हुन सक्छ । आफू पनि सुरक्षित रहि, अरुलाई पनि सुरक्षित राख्नुपर्छ, उनले भने । 

चाडपर्व लक्षित सुरक्षा नीति तयार भइसकेको घिमिरेको भनाइ छ । ‘बाँकी अझै ५६ सय कैदी पनि छिटै पक्राउ गरिन्छ । 

जेन–जी आन्दोलनको दोस्रो दिन ठूलो सङ्ख्यामा कैदीहरू कारागारबाट भागेका छन् । खुङ्खार कैदी जो कारागारमै रहनुपर्ने थियो, उनी थप भन्छन्, ‘तिनीहरु यतिबेला बाहिर छन् । हातहतियारहरू लुटिएका छन् । त्यसले गर्दा प्रशासनलाई थप चुनौती थपिएको छ ।’ 

‘सुरक्षा प्रत्याभूतिका लागि प्रहरीले ‘विशेष सुरक्षा रणनीति’ बनाएको छ । काठमाडौं उपत्यका लगायत सातै प्रदेशमा विशेष डेस्क खडा गरी टोली परिचालन गरिएको छ । तर प्रहरीले सबै जिल्लामा पत्राचार गरेको छ ।’

‘साथै, जिल्लाले तल्लो तहसम्म सूचना सम्प्रेषण गरिरहेको छ । नागरिक तहमा पनि शंकास्पद व्यक्तिको निगरानी गर्न आह्वान गरिएको छ । ह्वासएप ग्रुप बनाएर प्रहरीले काम गरिरहेको छ । अहिले नागरिक र प्रहरी दुवैले राती ड्युटी गरिरहेका छन्, घिमिरेले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १ : २० बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका