विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी « Khabarhub

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन मंगलबार बिहान काटेको छ । डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत महसुल बक्यौता बाँकी रहेका भनिएका ती उद्योगको लाइन प्राधिकरणले मंगलबार काटेको हो ।

त्रिवेणी स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, जगदम्बा स्टिल्स, रिलायन्स स्प्रिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरणले काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालले अन्य उद्योगको लाइन काट्ने विषयमा पनि अहिले अहिले छलफल भइरहेको बताए ।

‘३१ वटा उद्योगहरूले बक्यौता बुझाएका छैनन्, त्यसमध्ये आज ६ वटा ठूला उद्योगको लाइन काटेका छौं, बाँकीको काट्ने विषयमा पनि छलफल भइरहेको छ’, प्रवक्ता ढकालले भने ।

प्राधिकरणले असोज १२ गते २१ दिने सूचना निकाल्दै कात्तिक २ गतेभित्र डेडिकेटेड फिडर र ट्रंकलाइनबापत विद्युत् प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता बुझाउन ताकेता गरेको थियो । साथै, प्राधिकरणले मासिक रूपमा किस्ता बुझाउन चाहने ग्राहकले २८ महिनाको किस्ता सुविधा समेत उपलब्ध गराएको छ । तर, सो समयमा कुनै पनि उद्योगीले बक्यौताबापतको किस्ता बुझाउन तयार नभएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

मंगलबार लाइन काटिएका उद्योगमध्ये जगदम्बा स्टिलसको १ अर्ब ६० करोड, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख र त्रिवेणी सिमेन्टको ३२ करोड १० लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । सो बक्यौता २०७२ साल माघदेखि २०७५ साल वैशाख महिनासम्मको डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेबापतको भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि विवादित रहँदै आएको डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौता विवाद तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आयोग मार्फत समाधान गर्नेगरी गिरिशचन्द्र लालको नेतृत्वमा प्रतिवेदन तयार गरेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गरेर गत वैशाखमा प्राधिकरणले फेरि उद्योगीहरूलाई फेरि पुनरावलोकनको लागि अवसर दिएको थियो ।

तर, जेन-जी आन्दोलनपछि बनेको सरकारमा कुलमान घिसिङ नै पुगेपछि उनले आफ्नो पहिलो निर्णय नै बक्यौता महसुल उठाउने निर्णय गरे । सोही अनुसार प्राधिकरणले मंगलबारबाट बक्यौता रहेका उद्योगीहरूको लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणले लाइन काट्ने अल्टिमेटम दिएपछि २६ वटा उद्योगीहरूले असोज ३१ गते आफूहरूलाई पुनरावलोकनबाट वञ्चित गरिएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई लाइन नकाट्न अनुरोध गर्दै संयुक्त रूपमा पत्र बुझाएका थिए । तर, मंगलबारसम्म आउँदा प्राधिकरणले लाइन काट्न सुरु गरेपछि समस्या थप बल्झिने देखिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : ०० बजे

एमाले महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं- नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ

एमालेको प्रचार : कोही छाता डुलाउँदै, कोही बाजा बजाउँदै (तस्बिरहरू)

काठमाडौं–  नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष

बिलबिजक नभएको सामानसहित एक जना पक्राउ

काठमाडौं– बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र

एमाले महाधिवेशन : नेतालाई काँधमा बोक्दै भोट माग्दै (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ ।