पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : उपमहासचिव ज्ञवाली « Khabarhub

पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : उपमहासचिव ज्ञवाली


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन्।
    
एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् ।

हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवेशनको मिति निर्धारण गरिएको बताए। 

उनले भने, ‘बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्तामा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ ।’

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतले ‘जेन-जी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका थिए । 
 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ०६ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने