लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिरहा– बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्व लक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीन जनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–१० का २१ वर्षीय सङ्गीतकुमार सदाय र सोही ठाउँका २० वर्षीय रिझन शर्मा तथा सुखीपुर–६ का १९ वर्षीय सरोजकुमार राम रहेका छन् । पक्राउ परेकाहरूमाथि औषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ४० बजे

‘यो सरकार केपी ओलीको भन्दा पनि खराब देखियो’

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूको नेतृत्वमा

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको

प्रधानमन्त्री र दलका नेताबीच संवाद लम्बियो, चुनाव हुनेमा शंका व्यक्त गरेको एमालेले विरोध भने गरेन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूबीच बालुवाटारमा जारी छलफल लम्बिएको