भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस « Khabarhub

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई १/१ वटा स्कुल बस वितरण गरेको छ ।

नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारी र मित्रतालाई सुदृढ बनाउने उद्देश्यले कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुरसहित सातै प्रदेशका ४८ जिल्लास्थित शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहारस्वरूप प्रदान गरिएको हो।

यी बसहरू हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम जिल्लाका विद्यालयहरूमा पनि वितरण गरिने दूतावासले जनाएको छ।

विगत तीन दशकमा भारत सरकारले नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई जम्मा ३८१ वटा स्कुल बसहरू उपलब्ध गराइसकेको छ ।

जसले नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई अझ मजबुत बनाएको काठमाडौंस्थित भारतीय दूतावासले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ०९ बजे

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक