राजपाका सांसदद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड | Khabarhub Khabarhub

राजपाका सांसदद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जहाज ढिला आएको भन्दै संघीय संसदका १ जना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रहेका साहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन् ।

बिहान ११ः४० बजे आउने भनिएको जहाज दिउँसो १ः३० बजेसम्म पनि नआएको भन्दै साहले बुद्ध एयरको काउन्ट तोडफोड गरेका हुन् ।

उपचारका लागि जहाजमार्फत काठमाडौं लैजानुपर्ने बिरामीलाई जहाज आउन ढिलाइ हुँदा समस्या बढ्न थालेपछि आफूले बुद्ध एयरको काउन्टरका कर्मचारीसँग आक्रोश पोखेको साहको भनाइ छ ।

काउन्टर तोडफोड गरेपछि बुद्ध एयरले साहलाई जहाज प्रवेशमा निषेध लगाएको थियो । तर, पछि प्रमुख जिल्ला अधिकारीको पहलमा साहले बुद्ध एयरको विमानमार्फत नै काठमाडौं उड्न पाएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : ३४ बजे

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी