दीपावलीको दियो यसपालि मधुरो छ « Khabarhub

दीपावलीको दियो यसपालि मधुरो छ



लक्ष्मी मातालाई भित्र्याउनु छ,
सुख–शान्ति ऐश्वर्य ल्याउनुछ,
तर के गर्नु खै!
दीपावलीको दियो यसपालि मधुरो छ।

पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा,
थाम्नलाई बलिया हात रहेनछन् थाहा भो।
भैगो ! समाज गुहारौँ भनेथेँ,
आफ्नै स्वर भासिइसके`छ थाहा भो।

व्याधा कस्तो! बालखाका रगत बग्दै गर्दा,
चित्त उसको दुख्दो रहेनछ थाहा भो।
समाज खै! हुँडार प्रवृत्ति हावी भएछ,
प्राण नउड्दै सिकार लुछ्न चुक्दो रहेनछ थाहा भो।

बुद्धको सन्देश, भृकुटीको त्याग, सहिदको बलिदान भुल्दा,
निश्चलता दुर्लभ भो, धमिलो पानी आज बढी रुच्दो रहेछ थाहा भो।
सत्यनिष्ठा, न्यायप्रेमी गोर्खालीको वीर गाथा खोइ?
निर्भय खुकुरी बरु कोमल थियो,
कुटिलताको बधसालामा कलमले बढी रेट्दो रहेछ थाहा भो।

आत्मानुभूति माथि सहानुभूति हावी छ।
भावना बजारमा बिक्री हुँदै गर्दा,
किन्नेको होड यहाँ चल्दो रहेछ थाहा भो।
कालो–सेतो, सेतो–कालो फरक छुट्याउनै गाह्रो,
धुर्तले अनेक रंग आफ्नै भर्दो रहेछ थाहा भो।

आमालाई हँसाउनु छ, तर खै! रित्तिएका काख छन्, कुल्चिएका भाव छन्।
मलम भन्दा गहिरो घाउ, इट्टा भन्दा जीवनको भाउ यहाँ सस्तो छ।
छिपेका स्यालका हुई–हुई पनि फेरि उही,
पोखिएका रगत माथि हानथाप, जुवाको खाल छ।
खै! कसरी मनाउने तिहार?
दीपावलीको दियो यसपालि साह्रै मधुरो छ।

बसन्तपुर-२३ 

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ५ : ४३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,