तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रूख कटान सुरु « Khabarhub

तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रूख कटान सुरु


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रहेका रूख कटानका लागि प्रक्रिया सुरु गरिएको छ । 

यसका लागि आयोजनाले जलाशय क्षेत्रभित्र पर्ने २५ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग पहिलो चरणको परामर्श बैठक गरेको छ ।

डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित बैठकमा जलाशय क्षेत्रमा रहेका रुखको गणना, छपान तथा कटानसम्बन्धी प्रक्रियाबारे छलफल गरिएको आयोजनाले जनाएको छ ।

बैठकमा रूख गणना, छपान र कटानका लागि अपनाउनुपर्ने विधि तथा प्रक्रियाबारे सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई जानकारी गराइएको थियो । उक्त कार्यमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका, सहभागिता र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीले जलाशय क्षेत्रभित्र पर्ने रूख कटानको काम व्यवस्थित रूपमा अघि बढाउन सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श सुरु गरिएको जानकारी दिए । रूख गणना, छपान तथा कटानसम्बन्धी प्रक्रिया अघि बढाउँदा सम्बन्धित वन समूहको सहभागिता र समन्वयलाई महत्त्व दिइएको उनले बताए।

जलाशय क्षेत्रभित्र पर्ने वन क्षेत्रको व्यवस्थापन आयोजनाको निर्माण प्रक्रियासँग जोडिएको विषय भएकाले प्रचलित वनसम्बन्धी कानुनी व्यवस्था र निर्धारित प्रक्रियाअनुसार काम अघि बढाउनुपर्ने भण्डारीले बताए। 

रूख गणना, कटान तथा आवश्यक प्रक्रिया पूरा गर्न उपभोक्ता समूहले कसरी सहभागिता जनाउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । 

बैठकमा छलफल भएका विषयलाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : ४६ बजे

पोखराले गुमायो पाचौँ विकेट, ८ बलमा ३ रन बनाएका शकिब आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे सरकारलाई जानकारी थिएन

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

ट्रम्पविरुद्ध इरानको आक्रामक प्रचार : तेहरानको विशाल बोर्डमा के-के लेखियो ?

तेहरान– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै हत्या गर्ने धम्कीसहितका

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी– दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित