रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै ट्रम्पले गरे पुटिसँगको भेटवार्ता रद्द « Khabarhub

रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै ट्रम्पले गरे पुटिसँगको भेटवार्ता रद्द


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको बुडापेस्टमा हुन लागेको निर्धारित शिखर बैठक रद्द गरेका छन्।

उनले अहिलेको चरणमा वार्ताले अपेक्षित नतिजा नदिने विश्वाससहित भेट रद्द गरेका हुन्। मस्कोले यसबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

बुधबार ह्वाइट हाउसभित्र नाटोका महासचिव मार्क रुटेसँगको भेटका क्रममा ट्रम्पले उक्त घोषणा गरेका हुन्। उनले भने, ‘यो  बैठक उपयुक्त समय र माहोलमा जस्तो लागेन। मलाई लागेन कि हामी त्यस्तो बिन्दुमा पुग्छौं । जहाँ पुग्न जरुरी छ, त्यसैले मैले रद्द गरें ।’

तर उनले भविष्यमा पुटिनसँग पुनः वार्ता गर्न सकिने सम्भावनालाई अस्वीकार गरेनन्। ‘तर हामी यो (शिखर बैठक) भविष्यमा गर्नेछौं’ । उनले यद्यपि अर्को भेट कहिले र कहाँ हुने भन्ने खुलाएका छैनन्।

ट्रम्पको यो टिप्पणी अमेरिकी अर्थ मन्त्रालयले रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि आएको हो। मन्त्रालयले रुसले शान्ति प्रक्रियामा गम्भीर प्रतिबद्धता नदेखाएको भन्दै ती प्रतिबन्ध लगाएको बताएको छ।

यसअन्तर्गत रुसका दुई ठूला तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइल, तथा तिनका सहायक कम्पनीहरू लक्षित छन्।

तर ट्रम्पले यी नयाँ प्रतिबन्धले युक्रेन युद्धबारे रुसको धारणा परिवर्तन गर्छ कि गर्दैन भन्नेबारे अनिश्चितता प्रकट गरे। उनले भने, ‘आशा छ पुटिन यथार्थपरक बन्नेछन्, र (युक्रेनका राष्ट्रपति) भ्लादिमिर जेलेन्स्की पनि यथार्थपरक हुनेछन्। आखिर, ट्याङ्गो नाच्न दुईजनाको आवश्यकता पर्छ।’

गत हप्तामात्रै दुबै नेताबीच फोनवार्ता भएपछि सम्भावित पुटिन–ट्रम्प शिखर बैठकको घोषणा गरिएको थियो, यद्यपि मिति तय भएको थिएन।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि रूस–अमेरिका बैठकअघि गम्भीर तयारी हुनुपर्ने बताएका थिए। उनले जोड दिँदै भनेका थिए, ‘दुवै राष्ट्रपति परिणाममुखी काम गर्ने बानीका छन्, त्यसैले शिखर बैठक व्यर्थ नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ।’

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ६ : १४ बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत