सोलुखुम्बुमा धान उत्पादन घट्यो « Khabarhub

सोलुखुम्बुमा धान उत्पादन घट्यो


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बु जिल्लामा चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन घटेको छ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर १,२२५ हेक्टर क्षेत्रमा धानखेती भएको थियो।

गत वर्ष यहाँ ३,३४४.२५ मेट्रिक टन धान उत्पादन भएको थियो। तर चालु वर्षमा सोही क्षेत्रफल १,२२५ हेक्टरमै खेती भए पनि उत्पादन घटेर २,३३९.७५ मेट्रिक टन मात्रै भएको छ।

उत्पादन घटेसँगै प्रति हेक्टर उत्पादन पनि घटेको पाइएको छ। अघिल्लो वर्ष धानको औसत उत्पादन २.७३ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा यसपटक घटेर १.९१ मेट्रिक टन प्रतिहेक्टरमा झरेको तथ्याङकमा उल्लेख गरिएको छ।

सोलुखुम्बु जिल्लामा आठवटा स्थानीय तहहरू रहेका छन्। यीमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकामा चिसो र उचाइका कारण धानखेती हुँदैन।

बाँकी सातवटै स्थानीय तहहरूमा भने विभिन्न क्षेत्रका किसानहरूले धानखेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्षको उत्पादन घट्नुमा कीरा र रोगको प्रकोप लगायतका कारणले प्रभाव पारेको अनुमान गरिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ४४ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले