ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा « Khabarhub

ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक एनजीओका संयोजक सुदन गुरुङविरुद्धको जाहेरी तमेलिमा परेको हो।

उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो। प्राप्त प्रमाण र आधारबिना ओली र लेखकविरुद्ध जाहेरी परेको र अनुसन्धान अगाडि बढ्न नसक्ने भएपछि तामेलीमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

जाहेरी तामेलीमा राख्नुअघि प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौँले लामो छलफल गरेका थिए।

जेन-जी आन्दोलनको घटना छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको छ। उक्त आयोगले प्रतिवेदन नबुझाइ ओली र लेखकविरुद्धको मुद्दा अघि बढ्न नसक्ने निष्कर्ष प्रहरी तथा सरकारी वकिलको कार्यालयको छ।

ओली र लेखकविरुद्ध हामी नेपालका संयोजक सुदन गुरुङले जाहेरी दिएका थिए। त्यसलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले बालेन र गुरुङविरुद्ध पनि जाहेरी दिएका थिए।
यीबाहेक प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध पनि जाहेरी परेको छ।

अहिले यी सबैविरुद्धको जाहेरी तामेलीमा राखिएको हो।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ४३ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको