जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द « Khabarhub

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाइएको छ ।

होटल प्रशासनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने भएकाले बन्द गरिएको हो । सो क्रममा सुरक्षाको संवेदनशीलता र जोखिमलाई ध्यानमा राख्दै होटलबाट प्रवाह भइरहेका सम्पूर्ण व्यवसायिक सेवा पूर्ण रूपमा बन्द गरिएको होटल प्रशासनले जनाएको छ ।

होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले विज्ञप्ति जारी गर्दै हाल होटल पूर्ण रूपमा बन्द रहेको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, “होटलको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नु अपरिहार्य भएको हुँदा अर्को सूचना जारी नभएसम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकहरूलाई होटल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ।”

ह्यात रेजेन्सीले श्रमिक युनियनसँग छलफल गरी निर्णय लिइएको उल्लेख गर्दै सबै कर्मचारीलाई आगामी सूचना नआउँदासम्म बिदामा रहने जानकारी दिएको छ ।भदौ अन्त्यतिर भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण होटलका केही भागमा ठूलो क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ४४ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको