ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत « Khabarhub

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि बन्ने ‘ओली निवास’ निर्माणमा चन्दा संकलनको कुनै योजना नरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा ओली निवास निर्माणको पहल भएको स्पष्ट पारेका छन् ।

उनका अनुसार, उक्त निवास निर्माण कार्य गुण्डुबासीकै हात र मनबाट हुने भएको हो । बस्नेतले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो।’

बस्नेतले केही व्यक्तिहरूले भावनात्मक रूपमा चन्दा दिन इच्छाएको र केही सञ्चारमाध्यमहरूले चन्दा उठाउने खबर प्रकाशित गरेको उल्लेख गर्दै त्यसमा सत्यता नरहेको बताएका छन् ।

‘चन्दा उठाउने कुनै योजना छैन, कसैसँग पनि चन्दा उठाइँदैन,’ उनले लेखेका छन्, ‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।’ बस्नेतले ओलीप्रतिको सम्मान र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ५८ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान