दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ « Khabarhub

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रूपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ । 

सङ्घले स्थायी रूपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ । उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भइसकेको सङ्घका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए । 

उनले भने, ‘अहिले अस्थायी रूपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ, अहिले दूधका साथै घिउ, नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरु भएको छ ।’ उनका अनुसार हाल उक्त प्लान्टमा दैनिक एक हजार लिटर दूधसम्म प्रशोधन गर्न सकिन्छ । 

फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि भने दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने उनको भनाइ छ । भविष्यमा उद्योगको क्षमता बढाएर दैनिक १५ हजार लिटरसम्म दूध प्रशोधन गरिने सङ्घको लक्ष्य छ । “भविष्यमा आइसक्रिम, चकलेटलगायत पनि उत्पादन गर्ने लक्ष्यका साथ प्लान्ट स्थापना हुनेछ”, उनले भने । 

सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ । चितवनमा उत्पादन हुने दूध काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा पुग्छ । जिल्लाका ११५ वटा सहकारीले दूध सङ्कलन हुने गर्दछ । ती सहकारीमा ४० हजारभन्दा बढी किसान आबद्ध छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : १० बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान