माओवादीमा जेन–जी रेडफोर्स गठन « Khabarhub

माओवादीमा जेन–जी रेडफोर्स गठन


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरूले जेन–जी रेडफोर्स गठन गरेका छन् । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेन–जी रेडफोर्स अघि बढिसकेको जनाएको हो ।

पत्रकार सम्मेलनमा जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरूको एजेन्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिनलगायत रहेको जानकारी दिइन् ।

भ्रष्टाचार विरोधी अभियानका लागि सबै भन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन्  ।

तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी केन्द्रका अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।

उनले उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायत आफूहरू एजेन्डा रहेको बताइन् ।

तिमल्सिनाले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतङ्कवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरूले जेन–जीहरुलाई पनि आतङ्ककारी घोषणा गर्ने खतरा रहेको आशंका गरिन् । 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ४४ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान