काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र सुनारको मन्त्री हुने सम्भावना सकिएको छ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार आइतबार बब्लु गुप्ता र डाक्टर सुधा शर्माले मात्रै मन्त्रीको शपथ लिने भएका छन् ।
दुईजनाले मात्रै मन्त्रीको शथप लिने जानकारी प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पुगेको उनले बताइन् ।
‘आज दुईजनाको मात्रै शपथ हुने जानकारीसहितको पत्र हामीलाई प्राप्त भएको छ’, उनले भनिन्, ‘शीतल निवासमा बब्लु खड्का र डाक्टर सुधा शर्माको नाम आएको छ ।’
उनले त्यहीअनुसार शपथको तयारी थालिएको पनि जानकारी खबरहबलाई दिएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार खगेन्द्र सुनार, डा.सुधा शर्मा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई मन्त्री बनाउन लागेकी थिइन् । तर खगेन्द्र एकपछि अनेक आपराधिक घटना र गम्भीर विवादमा मुछिएर मन्त्री हुने अवसरबाट बञ्चित भएका छन् ।
सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तय भएको थियो । उता शपथ लिन लागेकी शर्मालाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
खगेन्द्रसँगै रोकिएका गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो । अन्तिम समयमा उनको मन्त्रालय फेरेर भूमिसुधारको जिम्मेवारी दिने निर्णय भएको थियो । तर मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिन पुगेको छ।













प्रतिक्रिया