राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री « Khabarhub

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको काँधमा आएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक विस्तार गरेको मन्त्रिपरिषदमा पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले स्वास्थ्य मन्त्रीको शपथ लिएकी छन् । विषयगत विधामा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शर्मा पूर्व स्वास्थ्य सचिव हुन् ।

२०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेकी उनी नेपालको स्वास्थ्य क्षेत्रमा तल्लो तहबाट सेवा सुरु गरेर सबैभन्दा माथिल्लो तह (सचिव) पदसम्म पुग्न सफल भएकी स्वास्थ्यकर्मी हुन् ।

उनले उमाकान्त चौधरी र राजेन्द्र महतो स्वास्थ्य मन्त्री भएका बेला मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिन् ।

तर तत्कालीन समयमा स्वास्थ्यमन्त्री महतोले अनावश्यक हस्तक्षेप गरेको विरोध गर्दा द्वन्द्व चलेपछि पूरा कार्यकाल नबसी उनले राजीनामा दिएकी थिइन् ।

डा. शर्माले सन् २००८ देखि २०११ सम्म तीन वर्ष तीन महिना सचिवका रुपमा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा थिइन् ।

डा. शर्माले भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस गरेकी हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट डीजीओ गरेकी छन् ।

बेलायतस्थित रोयल कलेज अफ लण्डनबाट फेलोसीप गरेकी छन् । डा. शर्मा त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक हेल्थमा गोल्ड मेडलिष्ट समेत हुन् ।

राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रिय क्षेत्रमा पनि डा. शर्माको योगदान उल्लेखनीय रहेको छ । विधागत रुपमा स्त्रीरोग विशेषज्ञ रहे पनि डा.शर्मा एक सफल जनस्वास्थ्यविद् समेत हुन्।

उनले विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य क्षेत्रमा विभिन्न संघ संस्थामा रहेरसमेत काम गरेकी छन् । संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरिसकेकी छन् ।

उनले स्वास्थ्य सचिवबाट राजीनामा दिएपछि युनिसेफमा जागिर खाइन् । उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

डा. शर्मा नेपालमा पनि चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघको इतिहासमा महिलाबाट अध्यक्ष हुने एक मात्रै महिला चिकित्सक हुन्। चिकित्सक संघको इतिहासमा बागी उम्मेदवारका रुपमा जितेर उनले नेतृत्व सम्हालेकी थिइन् ।

२०६२-६३ सालमा चिकित्सक संघको अध्यक्षको जिम्मेवारी सम्हालेकी डा. शर्मा थापाथली स्थित प्रसूति गृहको निर्देशकदेखि नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) को अध्यक्ष पनि भइसकेकी छन् ।

हालै मात्र शर्माले स्वास्थ्य मन्त्रालय डीएफआईडीका लागि सल्लाहकारका रूपमा रहेर सेफ मदरहुड तथा न्यूबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्व सम्हालेकी थिइन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : ०१ बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको