अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता « Khabarhub

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री भएका छन्।

विभिन्न सामाजिक आन्दोलनको अगुवाई गर्दै आएका गुप्ता २८ वर्षकै उमेरमा मन्त्री भएका हुन्। उनी यो क्याबिनेटकै कान्छो मन्त्री बनेका छन्।

सिराहा स्थायी घर भएका उनी आइतबार २८ वर्षमै संघीय सरकारको महत्त्वपूर्ण युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

उनीमाथि अब देशका युवाको वृत्तिविकास र खेलकुद क्षेत्रलाई व्यापक सुधारेर अगाडि बढाउने चुनौती आएको छ ।

शालिन स्वभावका गुप्ता विनम्र र दयालु रहेको उनीनिकट व्यक्ति बताउँछन् । नागरिकता अनुसार उनको जन्म मिति २०५४ फागुन २५ गते रहेको छ ।

मन्त्री बने लगत्तै पदभार गरेका गुप्ताले खेलकुद मन्त्रालयको सबै बैठक लाइभ गर्ने निर्णयसमेत गरिसकेका छन्। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको थियो ।

त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेयता यो तेस्रो विस्तार हो ।

यसअघि २०७९ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको क्याबिनेटमा सबैभन्दा कान्छा मन्त्री अब्दुल खान थिए । जनमत पार्टीबाट समानुपातिक सांसद उनी ३५ वर्षमा मन्त्री भएका थिए ।

त्यसअघि २०६८ सालमा मोहम्मद इस्तियाक राई ३१ वर्षमै मन्त्री भएका थिए। उनले त्यसबेला श्रम मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

जैइसापुर-५ बाँकेका राई १५ वर्षबाटै राजनीति थालेका थिए । ०६२ देखि मधेसी जनाधिकार फोरम नेपालमा लागेका उनले ०६३ सालको मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ५ : ३० बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर