निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय « Khabarhub

निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ । 

आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए  ।

निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरूले पनि पहलकदमी लिनुपर्ने रास्वपाको ठहर रहेको उनको भनाइ छ । पराजुलीले न्याय, सुशासन र भ्रष्टाचार विरुद्धको गतिविधिका लागि सरकारलाई पूर्ण रूपमा समर्थन गर्ने बताए । 

सरकारको म्याण्डेड निर्वाचन भएकाले सबै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै बैठकले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि आह्वान समेत गर्ने निर्णय गरेको पराजुलीले बताए ।  

त्यस्तै तल्लो तहको अधिवेशन, उम्मेदवार चयनका लागि मापदण्ड बनाउने, पार्टीको विस्तारित भेला लगायतका विषयमा बैठकमा छलफल भएको उनले बताए । रास्वपा सचिवालय बैठक मंगलबार पुन बस्ने नेता पराजुलीले जानकारी दिए । 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : १४ बजे

सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

नारायणगढ–  चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन

एकीकृत परिवार योजना शिविर: सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौं– पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा

चिराइतो बिक्री नहुँदा  किसान चिन्तित

फुङ्लिङ– यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको