परम्परागत पौभा चित्रकला प्रदर्शनी | Khabarhub Khabarhub

परम्परागत पौभा चित्रकला प्रदर्शनी


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ ।
 
‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा गरिएको चित्रकला प्रदर्शनी यसअघि भक्तपुरमा प्रदर्शन गरिएको थियो । सोही कलालाई पुनः काठमाडौँमा दोहोर्‍याएर प्रदर्शन गरिएको सिद्धार्थ आर्ट ग्यालरीका प्रमुख सङ्गीता थापाले जानकारी दिए । 

काठमाडौँ आर्ट ग्यालरीले आयोजना गरेको उक्त प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पाका र युवा पुस्ताको मिश्रित कला एकसाथ देख्न पाइने प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहने जनाइएको छ । ग्यालरी प्रमुख थापाले सातौँ शताब्दीको प्राचीन पौभा परम्परालाई भक्तपुरका कलाकारहरूले आध्यात्मिक चिन्तनका साथ प्रस्तुत गरेकामा प्रशंसा व्यक्त गरे।
 
उनले प्रत्येक चित्रले पवित्र भेटी र नेपालको स्थायी सांस्कृतिक आत्माको प्रतिविम्ब दुवै प्रतिनिधित्व गर्ने कुरामा जोड दिएको बताए। अजय कर्माचार्य, बलराम निष्टु, चन्द्रकृष्ण किजु, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ३८ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली