मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ? « Khabarhub

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा उत्पन्न न्यून चापीय अवस्थाले आज नेपालमा देशभरि नै बादल लागेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा हल्का वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात तथा लुम्बिनी र गण्डकी प्रदेशमा मंगलबार र बुधबार हल्कादेखि मध्यम वर्षा÷हिमपात हुने सम्भावना छ।

भारतीय मौसम विभागका अनुसार, बंगालको खाडीमा मोन्था नामकरण भएको समुद्री आँधी भोलिदेखि तीव्र हुनेछ। यसको गति ९० देखि १०० किलोमिटर प्रतिघन्टाकोे हुनेछ।

जलवायुविज्ञ डा धर्मराज उप्रेतीले यसको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिने सम्भावना रहेको बताए। कात्तिक १३ देखि १६ सम्म बागमती, मधेस, कोसी प्रदेशमा बढी प्रभाव देखिने उनको भनाइ छ।

‘मोन्था समुद्री आँधीको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिने देखिने सम्भावना छ भने बढी प्रभाव कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस र कोसी प्रदेशमा देखिने छ,’ उनले भनेका छन्।

केही ठाउँमा मध्यमदेखि भारी वर्षा गराउने र मनसुनको जस्तो झल्को दिनेछ। यद्यपि, अरब सागरको प्रभावले आज, भोलि बादल र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको उनले बताए।

उप्रेतीका अनुसार, मोन्था शब्द थाई भाषाबाट लिइएको हो, जसको अर्थ वासनादार फूल भन्ने हुन्छ। समुद्री आँधीको नामकरण समुद्रसँग जोडिएका देशको भाषाबाट गरिन्छ। महाशाखाले किसानहरुलाई धान काट्नेलगायतका काम नगर्न पनि सचेत गराएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ५२ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर