निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल « Khabarhub

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्।

उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको घाटमा आज साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गरे।

साथै उनले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रूपमा गरिने प्रतिबद्धता जनाए।

उनले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबिच आपसी सद्भाव कायम गरेको बताए। ‘यसको दिनप्रतिदिन गरिमा र महत्त्व बढ्दै गएको छ’, उनले भने।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : २२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको