जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह « Khabarhub

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । 

प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको हो । 

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलका बारेमा प्रयाप्त जानकारी लिई तयारीका साथ जान र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न भनिएको छ । पदयात्रामा जाँदा एक्लै नगई समूहमा जान र हतार नगरी बिस्तारै उचाइतर्फ जान आग्रह गरिएको छ । 

पदयात्रा गर्दा पञ्जा, टोपी, ज्याकेटलगायत न्यानो कपडा, तातोपानीसहितको थर्मस, लेक लाग्दा प्रयोग गरिने औषधि साथमा लिन अनुरोध गरिएको हो । पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान र धुमपान तथा मद्यपान नगर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी