सरकारी वकिलको कार्यालय पुर्‍याइए महरा | Khabarhub Khabarhub

सरकारी वकिलको कार्यालय पुर्‍याइए महरा


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

मंगलबार साढे ११ बजे उनलाई सरकारी वकिलको कार्यालमा लगिएको हो । उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ ।

गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराइएको हो जानकारी दिएको हो ।

दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ । महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । नर्भिकमै उपचाररत महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउने छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ११ : ५० बजे

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई