झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो « Khabarhub

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे। तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन्।

हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए ।

हाल उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । गत साता आफ्नै घर अगाडि पूजाका लागि फूल टिप्दै गर्नुभएकी मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो।

घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।मेचीनगर–४ स्थितप्रसाद गौँडाबाट दैनिक साँझ नपर्दै हुल बाँधेर नेपाल पस्ने हात्ती बिहान उज्यालो हुने बित्तिकै भारततर्फ फर्कन्छन्। र, कहिलेकाहीँ हुलबाट छुटेका हात्तीले बस्ती पसेर धनजनको क्षति गर्दै आएको घटना धेरै पुरानो भएको छैन।

बाँस्तोलालाई घाइते बनाएको हात्तीले स्थानीयको पाक्न लागेको एक बिघा जमिनको धानसमेत खाएपछि आक्रोशित बनेका ७५ वर्षीय मदन राईले हात्ती नियन्त्रण गर्न माग गरे ।उनले दुःख गरेर किसानले लगाएको बालीनाली हात्तीकै कारण घर भित्र्याउन नपाएको सुनाए। ‘वर्षभरि खानका लागि भनेर दुःख गर्‍र्यो, पाकेर थन्क्याउनै पाइँदैन’, उनले भने, ‘कि सरकारले नियन्त्रण गर्नुपर्‍यो कि सुरक्षा दिनुपर्‍यो। यस्तै हो भने घरेलु हतियार प्रयोग गरेर भए पनि आफ्नो सुरक्षा गर्नुपर्ने दिन आइसक्यो।’

मेचीनगर मात्र होइन भद्रपुर नगरपालिका, विर्तामोड, अर्जुनधारा, दमकलगायतका क्षेत्रमासमेत जङ्गली हात्तीको उत्तिकै त्रास छ। भद्रपुर नगरपालिका–१० का ५५ वर्षीया यदुनाथ न्यौपानेले पाक्न लागेको धान रातभर जाग्राम बसेर रुङ्ने गरेको बताए।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : १३ बजे

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

एजेन्सी– जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि

‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि

अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर