सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल | Khabarhub Khabarhub

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको विमान ९एन– एएमएस हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । पाइलट खड्का सकुशल रहेका छन् । हेलिकप्टरमा अन्य कुनै यात्रु थिएनन् । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियाे । 

बिहान ७ बजेर ४३ मिनेटमा लुक्लाबाट उद्धारका लागि लोबुचेतर्फ उडेको हेलिकप्टर बिहान ८ बजेर १५ मिनेटमा लुक्ला अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनाबारेको विवरण

कम्पनी : अल्टिच्युड एयर
विमान : ९एन–एएमएस
क्याप्टेन : विवेक खड्का
सेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)
समय : लुक्लाबाट उडान ०७:४३
अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ०३ बजे

आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गरौँ : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड) आन्दोलनरत

निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं– निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

समाजवादी र विप्लवसँग एकता गर्न नसकेपछि छट्पटीमा प्रचण्ड

काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट