हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव « Khabarhub

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मनाङ– भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत  छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ ।  

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए । 

‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ’, उनले भने । 

तिलिचो आधार शिविरमा अलपत्र  पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए । पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए । 

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित  छन् । 
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : ०८ बजे

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी

मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्

काठमाडौं- इजरायल र अमेरिकाले इरानमा आक्रमण थालेपछि मध्यपूर्व क्षेत्रमा रहेका

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै (तस्बिरहरू)

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं