सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी | Khabarhub Khabarhub

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

देवदह– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले भने,’अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।’

रूपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा  वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिए । 

‘आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ’, उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ ।’ उनले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए।
 
‘विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहनाअनुसार काम भइरहेको थिएन’, उनले भने, ‘जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएका थिए । तर मुलुकमा जनताको ‘म्याण्डेट’ नै अपरहित गरियो ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेन-जी आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरूलाई केही सक्रिय तत्वले विलिन गर्न चाहेको बताए।

उनले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारे। 

‘जति नै फाइल जले पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कहीँ न कहीँ छ, हामी वकिलहरूसँग छ’, उनले भने, ‘सरकारवादी मुद्दाको फाइल सरकारी वकिलसँग छ, अर्को निकायमा होला नि, सर्वोच्च अदालतमा मुद्दा छभने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नि ?’ 
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : २७ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको