निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण « Khabarhub

निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिट्युसन अफ नेपाल (अफिन)ले हाल स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल संवादमार्फत समाधान खोज्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सेवाविमुख बनाउने गतिविधिलाई रोक्न समेत सबै पक्षलाई सचेत रहन अध्यक्ष डा. पदमबहादुर खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

 ‘प्रजातन्त्र आएपछि उदार अर्थनीति लागू भएपछि निजी लगानीमा स्थापना भएका स्वास्थ्य संस्थाहरूले करिब १ लाखभन्दा बढी रोजगारी सृजना गर्दै राष्ट्रको ६५ प्रतिशत नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्‍याइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

देशभर ४०१ निजी अस्पताल, करिब २० हजार शय्या, दर्जनौँ मेडिकल कलेज र ३६५ प्यारामेडिक्स शिक्षा संस्थाहरू मार्फत दक्ष जनशक्ति उत्पादन भई राष्ट्रलाई ठूलो सहयोग पुगेको अफिनको दाबी छ। यसले ठूलो परिमाणमा विदेशिने स्वदेशी पुँजीलाई रोक्दै राजश्वमा समेत योगदान गरिरहेको संगठनले जनाएको छ।

तर पछिल्लो समय पारिश्रमिकका मुद्दालाई लिएर केही मेडिकल कलेजहरूमा सृजित आन्दोलनले स्वास्थ्य प्रणाली नै प्रभावित बन्ने खतरा देखिएको अफिनको बुझाइ छ। आन्दोलनका क्रममा वार्ता तथा छलफलमा देखिएको अपमानजनक व्यवहारले निजी क्षेत्रलाई नै धराशायी बनाउने अदृश्य योजनाप्रति पनि शंका उत्तेजित भएको विज्ञप्तिमा उल्लेख छ।

अफिनले सहमतिका निर्णयहरूको कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै  ‘एकतर्फी निर्देशन तुरुन्त लागू गर्न सम्भव छैन, पर्याप्त संवाद आवश्यक छ’ भनेर सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ३९ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली