तपाईंलाई हात धुन आउँछ ? | Khabarhub Khabarhub

तपाईंलाई हात धुन आउँछ ?


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज विश्व हात धुने दिवस । विश्वभर विभिन्न सचेतनाका कार्यक्रम गरी हात धुने दिवस मनाइन्छ । नेपालले पनि अघिल्ला वर्षहरुमा विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यालय तथ विभिन्न ठाउँमा हात धुने दिवस मानाउने गरेको थियो । तर, यो वर्ष हात धुले दिवसको अवसरमा केन्द्रीय सरकारले भने कुनै कार्यक्रम गरेन ।

चिकित्सकका अनुसार ७० प्रतिशत नेपालीलाई हात कसरी धुने भन्नेबारे अझै जानकारी छैन । हात धुने तरिकाबारे जानकारी भएकाहरु समेत सहि तरीकाले हात धुदैनन् । जस कारण मानिसहरुमा सरुवा रोग र संक्रमणको जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

सहि तरिकाले आफ्नो हातमा भएका रोगका किटाणु नष्ट हुनेगरी हात धुन नजान्दा झाडापखाला, पेट सम्बन्धी रोगहरु लाग्ने चिकित्सकहरु बताउँछ ।

हात कहिले धुनुपर्छ ?

–आँखा, नाक र मुख छुनुभन्दा पहिले,

– खाना खान र त्यसलाई पस्कनु वा छुनुभन्दा पहिले,

–चर्पीको प्रयोग गरिसकेपछि,

–खोकी वा हाछ्युँजस्ता श्वास–प्रश्वास सम्बन्धी समस्या पर्दा हातको प्रयोग भएपछि,

–स्केलेटरको हाते पट्टि, लिफ्टको नियन्त्रण कक्ष, ढोका लगायत सार्वजनिक साधन तथा सामग्री छाेएपछि,

– दिसा– पिसाब बाहिर नआओस् भनेर लगाइने बच्चाको डायपर फेरेपछि,

–बच्चा वा बिरामी व्यक्तिको रेखदेख गर्दा फोहर लागेका सरसामान छोएपछि,

कसरी धुने हात ?

–धाराको पानीले हात भिजाउने,

–दुवै हातमा साबुन लगाएर फिँज आउनेगरि हात रगड्ने,

– हत्केला, औंलाका बीचमा, पछाडी, टुप्पा र नाडी राम्ररी साबु लगाएर माड्ने,

– धाराको पानीले हातलाई राम्ररी पखाल्ने,

– सफा कपडा वा तौलियाले राम्रगरी पुछ्ने,

–तौलिया सामुहिक प्रयोग नगर्ने ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ५२ बजे

ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन आवश्यक : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम

नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति !

मान्छे हुनुको अर्थ, ऊ जीवित हुनुमात्र होइन । मान्छे हुनु

तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो

काठमाडौं – राजावादीको आन्दोलनमा समातिएका अधिकांशले लहैलहैमा आन्दोलनमा लागेको बयान

पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे

पाटन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन