२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए « Khabarhub

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ ।

युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले युद्धविरामसँगै, युएनआरडब्लुएले भौतिक तथा अनलाइन दुवै माध्यामबाट गाजामा ‘ब्याक टु लर्निङ’ कार्यक्रमलाई अगाडि बढाइरहेको बताए । 

एजेन्सीले आवश्यकता र सम्भावनाका आधारमा यस्ता सिकाई स्थानहरूको सङ्ख्या बढाउने कार्य जारी राख्ने कुरामा उनले जोड दिए ।  

युएनआरडब्लुएले गाजा पट्टीका करिब ३ लाख बालबालिकासम्म पुग्ने उद्देश्यले कक्षा सञ्चालन गरिरहेको लाजारिनीले बताए । 

साक्षरता र शिक्षाले पीडित बालबालिकाहरुको जीवन निर्वाहको महत्त्वपूर्ण आधार तय गर्ने लाजारिनीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।  रासस
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : १३ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ