जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी « Khabarhub

जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बुधबार बालुवाटारमा गरेको त्रिपक्षीय वार्तामा नेकपा एमालेबाट शीर्ष नेता सहभागी भएनन् ।

यसअघिको वार्तामा गएका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको साटोमा एमालेले युवा नेताहरू महेश बर्तौला र क्षितिज थेबेलाई पठाएको हो । जेन-जी पुस्ताका युवाहरूसँग वार्ताका लागि एमालेले पूर्वसचेतक बर्तौला र युवा संघका अध्यक्ष थेबेलाई पठाउने निर्णय गरेको हो ।

सरकार, राजनीतिक दल र जेन-जीबीचको त्रिपक्षीय राजनीतिक दलका नेताहरूतर्फ माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा सहभागी छन् । उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट प्रकाश अधिकारी र नेता दीपक कार्की सहभागी छन् ।

उता एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रकाश ज्वाला र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी छन् ।

राप्रपाबाट प्रवक्ता मोहन श्रेष्ठ र महामन्त्री राजेन्द्र गुरुङ सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा नेतृ निशा डाँगी र उपसभापति डा. स्वर्णिम वाग्ले सहभागी हुँदा एमालेबाट युवा नेताहरू महेश बर्तौला र क्षितिज थेबे सहभागी भएका हुन् ।

उता नेपाली कांग्रेसबाट वसन्त कुशवाह र डा. प्रकाशशरण महत सहभागी भएका छन् ।

अर्कातिर जेन-जीबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : २१ बजे

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा