ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन « Khabarhub

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्। 

उनले जेन-जी आन्दोलनको मर्मअनुसार व्यवस्था परिवर्तनका लागि संविधान संशोधन पहिलो सर्त हुनुपर्नेमा जोड दिए ।

बुधबार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच जारी त्रिपक्षीय वार्ताप्रति टिप्पणी गर्दै नेता शाहीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘आदरणीय जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही हुँदैन। चुनावबाट व्यक्ति परिवर्तन हुन्छन्, तर देशको अवस्था परिवर्तन हुँदैन ।’

उनले आजको वार्ता संविधान संशोधन गरेर मात्रै चुनावमा जाने विषयमा केन्द्रित हुनुपर्ने बताए । राष्ट्रपतिले झुक्काएजस्तै आज दल र सरकारले युवाहरूलाई फेरि झुक्काउन सक्ने भन्दै उनले वार्तामा सहभागी जेन-जी प्रतिनिधिहरूलाई सचेत रहन आग्रह गरे ।

नेता शाहीले वार्तामा सहभागी भएका जेन-जी प्रतिनिधिहरूको नियतमाथि समेत शंका व्यक्त गरे । 

‘आज प्रधानमन्त्रीले बैठकमा बोलाएका जेन-जी नामधारीहरूमध्ये ८० प्रतिशत एनजिओका मान्छे जाँदैछन्,’ उनले दाबी गरेका छन्, ‘त्यसैले सच्चा राष्ट्रवादी युवा साथीहरू त्यो टिममा छौँ भने तिमीहरूकै टिमले धोका दिन सक्छ, होसियार हुनु ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : ४३ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका