पाकिस्तानमा बालश्रम शोषणको अवस्था भयावह « Khabarhub

पाकिस्तानमा बालश्रम शोषणको अवस्था भयावह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बालश्रम शोषणको भयावह अवस्था सार्वजनिक भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा मात्रै १३ लाख बालबालिका श्रम गर्न बाध्य रहेको पाइएको छ । यीमध्ये ६५ प्रतिशत कृषि क्षेत्रमा काम गर्न बाध्य छन् ।

पाकिस्तानको श्रम विभागले संयुक्त राष्ट्रसंघीय बालकोषसँगको सहकार्यमा सिन्ध बालश्रम सर्वेक्षण २०२३–२४ जारी गरेको छ । यस सर्वेक्षण अनुसार प्रान्तमा श्रम गर्न बाध्य १३ लाख बालबालिकामध्ये झण्डै दुई तिहाइ कृषि क्षेत्रमा आबद्ध छन् ।

त्यसैगरी, पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणमा प्रकाशित प्रतिवेदन अनुसार १२.४ प्रतिशत बालबालिका उत्पादन क्षेत्रमा र १०.८ प्रतिशत खुद्रा तथा थोक व्यापारमा आबद्ध छन् ।

३० वर्षअघि पनि पहिलो पटक यस्तै सर्वेक्षण गरिएको थियो । त्यस सर्वेक्षणमा बालश्रम शोषण अन्त्य गर्न कठोर नीति लागू गर्नका लागि आवश्यक प्रमाण तयार पारिएको थियो ।

३० वर्षअघि सन् १९९६ को सर्वेक्षणयता सिन्धमा बालश्रम शोषणमा आधाले गिरावट आएको देखिएको छ । त्यसबेला श्रम गर्न बाध्य बालबालिका २०.६ प्रतिशत रहेका थिए । हाल भने यो सङ्ख्या १०.३ प्रतिशत रहेको छ ।

सवेक्षणमा ४४.३ प्रतिशत अभिभावकले परिवारको आम्दानीमा योगदान पुर्‍याउनका लागि आफ्ना बालबालिकालाई श्रममा लगाउने गरेको पाइएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ०६ बजे

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म

भारतीय प्रधानमन्त्री मोदीको जीवन कथामा आधारित ‘माँ वन्दे’ छायाङ्कनमा : मुख्य भूमिकामा उन्नी मुकुन्दन

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित चलचित्र ‘माँ