अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन « Khabarhub

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो । 

सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको प्रयास खुलाउन सफल भएको हो । सडकमा रहेको हिउँ फालिएपछि आजदेखि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । 
    
उनले भने, ‘३० किलोमिटर चामे–खाङ्सार सडक खुलाएर सहज बनाइएको छ । मनाङका विभिन्न स्थानमा हिउँले सडक अवरुद्ध भएकामा हटाउन सकिएको छ ।’

बाटोमा फसेका पर्यटकको उद्धार गर्दै सडक सञ्चालन गर्न सफल भएको उनले बताए। 
    
तीन वटा एस्काभेटरका साथै सुरक्षाकर्मीको सहयोगमा हिउँ फालेर सडक सञ्चालनमा आएसँगै मनाङ आउने–जाने स्थानीय र पर्यटकलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए । जिल्ला प्रशासनले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : १३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।