भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु « Khabarhub

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो । स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ । अधिकारीहरूले भक्तजनहरूलाई नदी किनारमा सतर्क रहन र धार्मिक स्नानको समयमा गहिरो पानीमा नजान आग्रह गरेका थिए।

छठ पूजाको उत्सवको क्रममा सयौँ हिन्दु भक्तजनहरू नदी र पोखरीको पानीमा घुँडा टेकेर उभिने र डुबुल्की मार्ने गर्छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ०१ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता