नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल | Khabarhub Khabarhub

नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै उनले नेपालको कानुनी व्यवस्थालाई खलल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका हुन् ।

‘जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन’, उनले भने, ‘यो कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम हो ।’

आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेको आरोप लगाउनुभयो ।

सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे ।

आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने आशंका गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ५० बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम– भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ ।

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली– तीनपाटन गाउँपालिका-१० लङ्गुर खोला बस्ने २० वर्षीय धन बहादुर

भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन– भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल