जेन-जीका माग सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी : महासचिव पोखरेल « Khabarhub

जेन-जीका माग सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी : महासचिव पोखरेल


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

देउखुरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेन-जी प्रदर्शनका क्रममा उठाइएका माग जायज रहेको र युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो भनेका हुन् ।

‘जेन-जी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन् । युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी छ । सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै गरिएको प्रदर्शनमा स्वार्थी तत्वले घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरियो’, महासचिव पोखरेलले भने, ‘युवाको आकाङ्क्षा बुझेर मुलुकमा सुशासन कायम गरी कानुनी राज्य स्थापनामा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’

जेन-जी प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको उनले धारणा राखे। न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ ।

प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनुका साथै कैदीबन्दी बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले आमनागरिकमा भय र त्रास फैलाएको बताए। 

उनले भने, ‘स्थानीय तह, मातपोत, अदालत, यातायात, राजस्व कार्यालयलगायत सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन तटस्थ र निष्पक्ष ढङ्गले गर्नुपर्दछ ।’

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष शुधासुमन ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सचिव निमुसङ्गम घर्तीले गरेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ०१ बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा