श्रीमतीलाई जिउँदै आगो लगाउनेहरूप्रति झलनाथको आक्रोश : सेनाले नलगेको भए एकदुई जनालाई चिथोरेर मार्थेँ « Khabarhub

श्रीमतीलाई जिउँदै आगो लगाउनेहरूप्रति झलनाथको आक्रोश : सेनाले नलगेको भए एकदुई जनालाई चिथोरेर मार्थेँ


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते डल्लुस्थित घरमा आगो लगाइदिँदा जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको यतिबेला भारतको दिल्लीमा उपचार जारी छ ।

शरीरको करिब ५५ प्रतिशत भाग जलेर कीर्तिपुर बर्न अस्पताल लगिएकी उनलाई त्यहाँ केही दिन उपचार गरेर अहिले दिल्लीमा थप उपचार भइरहेको छ । तर उनको एउटा हात कीर्तिपुरमै काटिएको छ।

त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक रहेकी श्रीमती चित्रकारलाई जेन-जीका नाममा जिउँदै जलाउनेहरूप्रति एकीकृत समाजवादीका सम्मानित नेता खनालको रिस अझै मरेको छैन ।

काठमाडौंमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधनका क्रममा खनालले श्रीमतीलाई जिउँदै आगो लगाउने समूहलाई ‘जल्लाद’ को संज्ञा दिएका छन् ।

‘त्यस दिन हामी तीनैजनालाई जलाउने र मार्ने ढंगले तिनीहरू आएका रहेछन् । दुई मिनेटले मैले श्रीमतीलाई जोगाउन सकिनँ’, उनले भने, ‘दुई मिनेटले नै मलाई मिल्ट्रीले तानेर लग्यो । नत्र हामी तीनैजना एकै ठाउँ हुने रहेनछौँ ।’

उनले यदि सेनाले नलगेको भए आफू पनि मर्ने ती जलाउन आउनेलाई पनि मार्ने भन्दै उनले आक्रोश पोखे । ‘ती जल्लादहरूले हामीलाई जलाउनै आएकाले एकदुई जनालाई मैले पनि चिथोरेर मार्थेँ । हामीलाई जलाउने स्थिति आएको भए म पनि उनीहरूलाई बाँकी राख्दिनथेँ’, उनले भने, ‘तर मलाई मिल्ट्रीले तानेर लग्यो । त्यहाँ बसेर भिडेको भए राम्रै घटना हुन्थ्यो । तिनीहरूसँग म डराउनेवाला थिइनँ ।’

उनले आफू पञ्चायतको को–अर्डिनेशन कालदेखि नै, मालेकालदेखि नै मृत्यु त हातमा बोकेर हिँडेकाले डर नलागेको पनि बताएका छन् । उनी श्रीमतीलाई दिल्लीमा उपचार गराइरहेकै अवस्थामा पार्टीको बैठकमा भाग लिन काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ०० बजे

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा