औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप   « Khabarhub

औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप  


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

बिहीबार चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गराउन आयोग गएका हुन् ।

एउटै पोसाकमा सजिएर उनी लगायत अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।  उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा कबीर सोप रहेका छन् ।

नेताहरूका अनुसार यी नेताहरूले दर्ता गराउन गएको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट नेता र जनमत पार्टीका असन्तुष्ट नेताहरू समावेश हुनेछन् । 

जनमत पार्टीबाट मन्त्रीसमेत भएका खानले करिब एक महिनाअगाडि पार्टी छोडेका थिए। 

यता श्रीमतीसँग विवाद भएपछि चौधरीले भने विगत एक वर्षदेखि नाउपाबाट अलग्गिने मनसाय गरेका थिए तर उनले भदौ २३ र २४ गते भएको चेन्ज आन्दोलनपछि पार्टी छाडेको घोषणा गरे।

तस्बिरहरू

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ३१ बजे

ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत

कमजोर विश्व अवस्थामा फुलेको सेयर बजार मंगलबार करेक्सन

काठमाडौं– जेन-जी आन्दोलनबाट कमजोर भएको नेपालको अर्थतन्त्रमा पछिल्ला दिनमा धेरै

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौं– मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चारजना पक्राउ

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको

पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद

काठमाडौँ- प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब