निर्वाचन र विशेष महाधिवेशनबारे कांग्रेस नेताहरूमा बाझियो मत « Khabarhub

निर्वाचन र विशेष महाधिवेशनबारे कांग्रेस नेताहरूमा बाझियो मत


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरुले फरक–फरक मत राखेका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरूले निर्वाचनअघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केहीले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।

केही सदस्यहरूले भने निर्वाचन अघि विशेष नभई नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए । सरकारबाट सुरक्षाको सुनिश्चितता भए निर्वाचनमा जानुपर्ने गरी पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतले बताए ।

सवै बिषयमा आएका सुझावका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले जानकारी दिएका छन् ।

बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी लगायले बोले । बागमति र लुम्विनीका प्रदेश समापतिले पनि धारणा राखे। बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले बताएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : २८ बजे

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

ललितपुरका जेन-जी शहीद महर्जनको परिवार भेट्न पुगे जगदीश खरेल 

काठमाडौं– ललितपुरका जेन-जी शहीद बिनोद महर्जनको परिवारलाई भेटघाट गर्न ललितपु-२

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

एजेन्सी– कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन