आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३१ तारिख। विश्व सहरीकरण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंले बोल्दा भने सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने सम्भावना छ। शिक्षामा सफलता मिल्नेछ।

वृष : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। मिल्ने साथी विपक्षीको मोर्चामा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

मिथुन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। गुरुसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने आवश्यक छ।

कर्कट : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। तपाईंले विश्वास गरेका पात्र विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि व्यवहारिक बोझ थपिने छ। आफन्तले काममा अवरोध गर्नेछन्। परिवारको साथमा काम गर्नुपर्ने छ। शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नसक्छ।

तुला : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको योजना सफल बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नुपर्ने छ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

धनु : दिन सामान्य छ। खर्च बढ्नेछ। सोचेको काम बन्दा अनावश्यक खर्चले सताउने छ। यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मीन : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। अग्रज व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ०९ बजे

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु