चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि फूलमा १ करोड खर्च | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि फूलमा १ करोड खर्च


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुइदिने नेपाल भ्रमणका बेला १ करोड रुपैयाँको फूलको व्यापार भएको छ ।

सी नेपाल आउने भनिएसँगै एयरपोर्टदेखि होटल सोल्टीसम्मका सडक सिंगारिएको थियो । त्यसक्रममा सडकका दायाँबायाँ फूलका गमला राखिएको थियो भने फूलहरुसमेत रोपिएको थियो ।

सीको आवगमनका लागि सजाइएका फूल, भेटवार्ताका क्रममा राखिएको फूलहरु, सम्झौता तथा हस्ताक्षर र सम्मेलनमा प्रयोग भएका फूल गरी १ करोड रुपैयाँ फूलमा खर्च भएको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले सीको स्वागतका लागि तीनकुनेमा बगैँचा बनाएको थियो ।

सो बगैँचामा सजाउनका लागि २६ लाख र एयरपोर्टदेखि सोल्टी होटलसम्मको सडकलाई फूलले सजाउन ५० लाख रुपैयाँ खर्च भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

त्यससँगै पाहुनाको स्वागतका लागि पनि फूल धेरै विक्रि भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताए ।

तर, सडकमा राखिएको फूल, गमला भने सडकबाट हटाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : ३४ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति