चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि फूलमा १ करोड खर्च « Khabarhub

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि फूलमा १ करोड खर्च


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुइदिने नेपाल भ्रमणका बेला १ करोड रुपैयाँको फूलको व्यापार भएको छ ।

सी नेपाल आउने भनिएसँगै एयरपोर्टदेखि होटल सोल्टीसम्मका सडक सिंगारिएको थियो । त्यसक्रममा सडकका दायाँबायाँ फूलका गमला राखिएको थियो भने फूलहरुसमेत रोपिएको थियो ।

सीको आवगमनका लागि सजाइएका फूल, भेटवार्ताका क्रममा राखिएको फूलहरु, सम्झौता तथा हस्ताक्षर र सम्मेलनमा प्रयोग भएका फूल गरी १ करोड रुपैयाँ फूलमा खर्च भएको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले सीको स्वागतका लागि तीनकुनेमा बगैँचा बनाएको थियो ।

सो बगैँचामा सजाउनका लागि २६ लाख र एयरपोर्टदेखि सोल्टी होटलसम्मको सडकलाई फूलले सजाउन ५० लाख रुपैयाँ खर्च भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

त्यससँगै पाहुनाको स्वागतका लागि पनि फूल धेरै विक्रि भएको एशोसिएसनका अध्यक्ष कुमार कसजुले बताए ।

तर, सडकमा राखिएको फूल, गमला भने सडकबाट हटाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : ३४ बजे

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६