कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा « Khabarhub

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै जाँदा अहिले कोशी, मधेश , बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा निरन्तर वर्षा भइराखेको छ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान माहाशाखाका अनुसार चार प्रदेशमाभारी वर्षा हुँदा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यसको प्रभाव पूर्वबाट क्रमश पश्चिमतर्फ देखिन थालेको छ।

महाशाखाका अनुसार योक्रम शुक्रबार दिउँसोसम्म रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली भएर वर्षा हुँदा तराई भू–भागमा साधारणतया बदली हुनेछ।

शुक्रबार दिउँसो कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेशको थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केहि स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात साथै कोशी र मधेश थोरै स्थानमा, गण्डकी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो मौसमी प्रणाली शुक्रबार रातभर हुँदै शनिबार बिहानसम्म सक्रिय हुने पूर्वानुमान गरिएको छ। मौसम खराब भएकाले अत्यावश्यक नपरेसम्म यात्रा नगर्नसमेत महाशाखाले अनुरोध गरेको छ। बाढी पहिरोको जोखिम रहेको भन्दै केही राजमार्गमा सवारी सञ्चालनमासमेत रोक लगाइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : २४ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति